फिल्म छान्ने राजेश हमाल जस्तो पनि म्युजिक भिडियो खेल्न थाले

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:५२

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा नै व्यस्त हुन थालेका छन् । फिल्म भने छानेर गर्ने बताउने हमाल म्युजिक भिडियो भने निरन्तर गरिरहेका छन् ।

उनलाई कहिलेकाही जस्तो पनि म्युजिक भिडियो खेल्ने आरोप पनि लाग्ने गर्छ । फिल्मको अफर आउदा सजगता अपनाउने हमालले पछिल्लो समय जस्तो पनि म्युजिक भिडियोमा देखिन थालेका छन् ।

अहिले धेरै दर्शकले उनको म्युजिक भिडियो बजारमा आएको थाहाँ पनि पाउँदैनन् । सानो पर्दामा क्विज शो गर्दासमेत आफ्नो छवि बचाएका हमालले म्युजिक भिडियोमा भने त्यसलाई बचाउन सकेनन् ।

उनले अभिनय गर्ने म्युजिक भिडियो उनकै फ्यानले समेत हेर्न छाडिसके । पछिल्लो समय ुसत्यमु फिल्म साइन गरेका हमालले क्रेज फर्काउलान् या नफर्काउलान् यो त हेर्न बाकीँ नै छ । क्यानाडा डट नेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*