अनमोल र सौगातपछि ‘एक्स ९’ मा थपिए राज

जनपत्र
२ भाद्र २०७८, बुधबार ०५:५६

नेपालकै सबैभन्दा ठूलो एक्सन(थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा, सोमवार अर्का अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् ।

निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । तर, कोरोना महामारीका कारण कागजी सम्झौता हुन सकेको थिएन । फिल्ममा राजको महत्त्वपूर्ण भूमिका रहने निर्देशक भट्टले बताए । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग नाम जोडिएपछि चर्चामा रहेका अभिनेता कटुवालले फिल्म ‘लाल्टिन र लीला’ सँगै केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । अब अभिनेता द्वय पुष्प खड्का र अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । दुवैसँग मौखिक सहमति भने भइसकेको छ ।

नेपाल, यूरोप, आबुधाबीमा छायांकन हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । ठूलो लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् । फिल्ममा भिलेनको भूमिकाको अफर बलिउड अभिनेता सोनू सूदलाई गर्ने तयारीमा निर्माण टिम छ । जसका लागि निर्देशकसहितको टोली चाँडै भारत प्रस्थान गर्दैछ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*