यी हुन् हलिउडका ५ सबैभन्दा धनी कलाकार

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०६:००

जमी गर्ट्ज

हलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन्, जमी गर्ट्ज । उनी इन्टेलीजेन्ट इन्भेस्टर पनि हुन् । ‘ट्विस्टर, क्रस रोड्स, लेस देन जीरो’ जस्ता फिल्ममा काम गरिसकेकी उनको कूल नेटवर्थ करीब ३ बिलियन डलर छ ।

टम क्रूज

टम क्रूज हलिउडका दोस्रो सबैभन्दा बढी कलाकार हुन् । उनले केही फिल्म निर्माण पनि गरेका छन् । ‘मिशन इम्पोसिबल, एज अफ टूमारो, ओब्लिवियन, माइनोरिटी रिपोर्ट’ जस्ता फिल्मले सफलताको उचाइमा पुगेका उनको कूल नेटवर्थ ५ सय ७० मिलियन डलर छ ।

जोर्ग क्लूनी

हलिउडका तेस्रो सबैभन्दा धनी कलाकार हुन्, जर्ज क्लूनी । उनी अभिनयमा जति सफल छन्, निर्देशनमा पनि उनले आफूलाई स्थापित गरिसकेका छन् । फिल्म जगतमा कयौं प्रतिष्ठित अवार्ड उनको नाममा छ । ‘ओसियन्स इलेवन, थ्री किंग्स’ जस्ता फिल्मबाट लोकप्रियता हासिल गरेका उनको कूल नेटवर्थ ५ सय मिलियन डलर छ ।

रोबर्ट डी नीरो

हलिउडका चौथो सबैभन्दा धनी कलाकारको सूचीमा छन्, रोबर्ट डी नीरो । आफ्नो अभिनय कलाबाट संसारभरका दर्शकको मन जितेका उनको कूल सम्पत्ति ५ सय मिलियन डलर छ । उनले दुईपटक अस्कार अवार्ड समेत जितिसकेका छन् । ‘ब्राजील, द अनटचेबल्स, हिट, कसीनो’ जस्ता फिल्ममा उनको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

मेल गिबसन

हलिउडका सबैभन्दा धनी कलाकारको पाँचौं नम्बरमा आउने नाम हो, मेल गिबसन । उनको कूल सम्पत्ति ४ सय २५ मिलियन डलर छ । उनी एक अभिनेता, निर्माता र निर्देशक हुन् । ‘द प्यासन अफ द क्राइस्ट, वी आर सोल्जर्स, ब्रेवहार्ट’ लगायतका फिल्म उनको करिअरकै उत्कृष्ट मानिन्छ । उनले सन् १९९५ मा गोल्डन ग्लोब अवार्ड पनि जितेका थिए । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*