आमाको रोल गर्न मलाई आपत्ति छैन : मौसमी मल्ल

जनपत्र
३१ श्रावण २०७८, आईतवार १७:४३

२०४५ सालमा फिल्म ‘भाग्यरेखा’ बाट अभिनय यात्रा थालेकी मौसमी मल्ल आफ्नो समयकी चर्चित अभिनेत्री हुन् । केही समय विदेश बसेर फर्केकी उनले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । करिअरको उत्कर्षमा रहँदा उनले ‘गिरफ्तार’ र ‘समय’ नामक दुई फिल्मको निर्माण पनि गरिन् । तर, पहिलो फिल्मले लगानी फर्काए पनि दोस्रो फिल्मबाट ठूलो घाटा भयो ।

एक समय फिल्ममा भ्याइनभ्याइ हुने गरेकी मौसमीले केही वर्षयता विरलै फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो पटक फिल्म ‘कारखाना’ मा देखिएकी उनको नयाँ फिल्म ‘निम्तो’ रिलिजको पखाईमा छ । गत चैतमा आमा गुमाएकी उनले आमा विरामी भएपछि फिल्ममा काम गर्न कम गरेकी थिइन् । अब आमाको वार्षिकी सकिएपछि अभिनयलाई निरन्तरता दिने उनको सोच छ ।
शुक्रवार फिल्मीखबरसँग फोनवार्तामा मौसमीले भनिन्, ‘मैले फिल्मबाट सन्यास लिएको छैन । आमाको स्वास्थ्य राम्रो नभएसम्म फिल्म खेल्दिनँ भनेको थिएँ । किनकि, मैले आमालाई साथ दिनु थियो । म एक्लो सन्तान हुँँ । आमा अलि निको भएको बेला मैले ‘कारखाना र निम्तो’ भन्ने फिल्म गरेको थिएँ । गत चैतमा आमा वित्नुभयो । अब वार्षिकी नसकिएसम्म फिल्ममा काम गर्दिनँ ।’
उनी आमाको बर्खान्तपछि फिल्म निर्माण गर्ने योजनामा पनि छिन् । अहिले स्क्रिप्टमा काम भइरहेका उनले बताइन् । अघिल्लो पुस्ताका केही अभिनेत्रीहरु फिल्ममा आमाको भूमिकामा काम गर्न नमानिरहेको अवस्थामा मौसमी भने आफूलाई आमाको रोलमा अभिनय गर्न कुनै आपत्ति नभएको बताउँछिन् । उमेर अनुसार फिल्ममा कलाकारको चरित्र फरक हुँदै जाने उनको कथन छ ।
उनी भन्छिन्, ‘के अब मलाई तोरीबारीमा नाचेको सुहाउँछ र रु उमेर अनुसार कलाकारको चरित्र परिवर्तन हुँदै जान्छ, त्यसमा आफू ढल्न सक्नुपर्छ । तर, आमाको रोल भन्दैमा छोरा गएको बेला रुने र बुढाको छेउमा बस्ने भूमिकामा त कसले काम गर्छ र रु आमाको रोल भए पनि त्यसले फिल्ममा अर्थ राख्ने हुनुपर्छ । कलाकार भएपछि यो भूमिका पाए मात्र गर्छु भनेर भन्न मिल्दैन ।’

आमाको बर्खान्तअघि फिल्म नगर्ने बताएकी मौसमीले यो बीचमा एक टेलिसिरियलमा भने काम गरेकी छन् । सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा बनेको ‘बाटुली’ सिरियलमा उनी मुख्य भूमिकामा छिन् । उनले पहिलो पटक सिरियलमा काम गरेकी हुन् । गोपीकृष्णकै कथा र पटकथा रहेको सिरियल आर्टिस्ट खबर यूट्युब च्यानलमा रिलिज हुनेछ ।
पहिलो पटक टेलिसिरियलमा काम गर्दा आफूले नयाँ अनुभव बटुल्न पाएको उनी बताउँछिन् । कथावस्तु र आफ्नो भूमिका राम्रो लागेकाले सिरियलमा काम गरेको मौसमीको भनाई छ । सिरियलमा उनले मोवाइल युगभन्दा अगाडिको दुर्गम गाउँकी एक महिलाको भूमिका निर्वाह गरेकी छन् । आउँदो भदौ १ गतेबाट प्रत्येक हप्ताको मंगलवार साँझ ६ बजे सिरियल प्रशारण हुनेछ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*