एकतामा असन्तुष्ट नयाँ शक्तिकी नेतृ नेकपामा प्रवेश

यहि बैशाख २३ गते भएको संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छिन ।
बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विकलाई पार्टी प्रवेश गराएका हुन्। जनशक्ति पार्टीकी पूर्वसभासद् विक बाबुराम नेतृत्वमा नयाँ पार्टी गठन भएपछि नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। नयाँ शक्तिका योजना कागजमा मात्र सीमित भएको र एकताले अझ कार्यान्वयन हुने अवस्था नदेखिएपछि नेकपा प्रवेश गरेको विकको भनाइ छ। विकलाई नयाँ शक्ति पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।