दिपिका र ऋतिकको पहिलो चलचित्रको रिलिज मिति घोषणा, छायाङ्कन बाँकी

जनपत्र
३० श्रावण २०७८, शनिबार ०६:४०

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता ऋतिक रोशनले पहिलोपटक ‘स्क्रिन सेयर’ गर्ने भएका छन् । उनीहरू चलचित्र ‘फाइटर’ बाट पहिलोपटक एउटै चलचित्रको पर्दामा देखिन लागेका हुन् । सोही चलचित्रको रिलिज मिति सार्वजनिक भएको छ ।

चलचित्रको छायाङ्कन अगावै हालै निर्माण टिमले यसको रिलिज मिति सार्वजनिक गरेको हो । सिद्धार्थ आनन्दको निर्देशनमा बनिरहेको यस चलचित्रको रिलिज सन् २०२३ जनवरी २६ मा तोकिएको छ । हुन त यस चलचित्रको रिलिज मिति सन् २०२२ मा गर्ने योजना बुनिएको थियो । यद्यपि कोरोना महामारीका कारण यसको छायाङ्कनमा ढिलाइ भएसँगै त्यसको प्रत्यक्ष असर रिलिज मितिमा पर्न पुगेको हो ।

यो भारतको पहिलो एरियल एक्सन चलचित्र हुने पनि दाबी गरिएको छ । चलचित्र भारत लगायत अन्तर्राष्ट्रिय दर्शकलाई ध्यानमा राखेर बनाइएको भारतीय मिडियाले उल्लेख गरेको छ । नवभारत टाइम्सबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*