इङ्ग्ल्यान्डसँगकाे दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार ०७:३१

इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ । भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।

पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ । पहिलो टेष्टमा दुवै टोलीले ढिलो ओभर खेलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २र२ अङ्क कटौती गरिदिएको छ भने रेफ्रीले म्याच फि को ४० प्रतिशत रकम जरिबाना तिराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*