अहिलेको सरकार कुरा धेरै काम थोरै गर्छ– कांग्रेस सहमहामान्त्री महत

हेटौंडा / नेपाली कांग्रेसका सह—महामन्त्री डाक्टर प्रकाशशरण महतले अहिलेको सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा धेरै गर्ने र काम भने गर्दै नगर्ने गरेको आरोप लगाउनु भएको छ । प्रेस युनियन मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री डाक्टर महतले ओली नेतृत्वको कार्यकाल निकै निरासाजनक भएको बताउनुभयो ।
अहिले देशमा करोडमा नभइकन अरबमा भ्रष्टाचार भइरहेको बताउनुभयो । सरकार वालुवाटार जग्गाा प्रकरण, वाईडवडी, सुनकाण्ड लगाएतको काण्डै काण्डले घेरिएको बताउनु्भयो । ओली सरकारले काम भन्दा कुरा गरेको भन्दै डाक्टर महतले वोलीले मात्र विकास नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीको हालसम्मको कार्यकाल अत्यैन्तै निराशाजनक रहेको भन्दै उहाँले सरकारसँग कुनैपनि इमान्दारिता नभएको दाबी गनुभयो । सरकारले जे समृद्धिको गफ मात्र गरेको भन्दै नेपालमा अहिले जे बढनुपर्ने घटेको तर जे बढनु पर्ने त्यो घटेको बताउनुभयो ।
उहाँले भन्नुभयोे “देशमा भ्रष्ट्राचार घटनुपर्ने, महंगी घटनुपर्ने, अपराध घटनुपर्नेमा बढेको छ तर रोजगारी घटेको, महंगी बढेको अपराध बढेको छ, त्यसैले यो देश उल्टो ढंगबाट चल्दैछ ।”प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाँ, काग्रेश मकवानपुरका उपसभापति बिष्णु प्रसाद लामिछाने लगायतकाको सहभागिता रहेको थियो ।