मकवानपुरे गायिका चन्दा अर्यालको यर्थाथ घट्नामा आधारित तीज गीत सार्वजनिक (भिडियो सहित)

जनपत्र
२६ श्रावण २०७८, मंगलवार ०८:०८

मकवानपुरे चर्चित गायिका चन्दा अर्यालको यर्थाथ घट्नामा आधारित गीत ‘चेलीलाई माईति घर…’सार्वजनिक भएको छ ।
नजिकिँदो नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि चन्दाले आफ्नो जीवनको वास्तविक घट्नाहरुलाई समेटेर गीत बजारमा ल्याएको छ ।
पहिलेको तीजको गीतमा चेलीको बेदना, माइतीको माया, चेली माईतीको सम्बन्धको बारेमा गीत बन्थ्यो तर अहिलेको तीजको गीतमा चेलीको पिडा र बेदना कमै समेटिएको पाईन्छ । त्यही तीज गीतको भिडमा चन्दाले चेलीको पिडा अनि माईतीसंगको सम्बन्धलाई समेटिएर ल्याएको गीतले तीजको गीतको मर्मलाई पुनः ताजा गराएको छ । आफ्नो भविश्य नै देखेर जीवन सुम्पेको जीवनसाथीको जीवनभर साथ र माया नपाउँदाको पिडा अनि पिडा बिसाउने थलो भनेको माईती घर नै रहेको लगायतको शब्ले पनि आम दर्शको मन छोएको छ ।
शिव हमालको शब्द र सुनिल पसरयारको संगीत रहेको उक्त गीतमा चन्दा अर्याल, पुजा पौडेल, मनु बनको आवाज रहेको छ । गीतमा मन्जिता के.शी., सुनिता अधिकारी, चन्दा अर्याल, पुजा पौडेल, मनु बन, शिवशरण न्यौपाने र विष्णु जिसी लगायतको अभिनय रहेको छ ।
हेर्नुस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*