१२ बाक्सा पोर्न फिल्मका सिडी फ्याँकिदिएपछि बाबुआमाविरुद्ध मुद्दा

जनपत्र
२३ बैशाख २०७६, सोमबार १७:२७

अमेरिकाको इण्डियानाका एकजना पुरुषले आफ्नै अभिभावकविरुद्ध मुद्दा हालेका छन् । पोर्न फिल्मका सीडी तथा अन्य अश्लील सामग्रीहरु भएका पत्रिकालगायतका ठूलो परिमाणका सामाग्रीहरु नष्ट गरिदिएको भन्दै उनले आफ्नै बुवा–आमाविरुद्ध मुद्दा हालेका हुन् ।

उनका सीडी तथा पत्रिकाहरु यतिधेरै रहेछन् कि ती सबैको मूल्य झण्डै २९ हजार डलर पर्ने दाबी उनको छ । मिचिगनस्थित संघीय अदालतमा ती व्यक्तिले मुद्दा हालेका छन् ।

सन् २०१६ मा ती व्यक्ति डिभोर्सपछि आफ्नो परिवारसँग छुट्टिएर बसेका थिए । उनी घर सरेको १० महिनापछि उनका अभिभावकहरुले उनका सरसामानहरु उनको नयाँ घरमा पठाइदिएका थिए । तर सबै सामान पठाइदिएपछि उनले थुपारेका १२ बाक्सा पोर्न सामाग्रीहरु भने बुवा आमाले पठाइदिएनन् । ती पोर्न सामाग्रीहरु आफूहरुले नष्ट गरिदिएको उनका अभिभावकहरुले स्वीकारेका छन् ।

अदालतमा दायर गरेको मुद्दामा उनले आफ्ना पोर्न सामग्रीहरु नष्ट गरिदिएकोमा आफ्ना अभिभावकहरुसँगबाट ८७ हजर डलर क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*