अस्ट्रेलियाविरुद्ध बंगलादेशको लगातार दोस्रो जित

जनपत्र
२१ श्रावण २०७८, बिहीबार ०७:३१

बंगलादेशले ट्वान्टी–ट्वान्टी सिरिजमा बुधबार अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता लिएको छ । दोस्रो खेलमा घरेलु टिम पाँच विकेटले विजयी रह्यो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेटमा १ सय २१ रन मात्र बनाएको थियो ।

त्यसमा मिचेल मार्सले सर्वाधिक ४५ रन बनाए । जवाफमा बंगलादेशले १८।४ ओभरमा पाँच विकेट गुमाएर १ सय २३ रन बनायो । त्यसमा आसिफ हुसेन नटआउट रहेर ३७ रन जोड्दै म्यान अफ द म्याच बने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*