मकवानपुरमा बन्दको प्रभाब छैन–एसपी सिंह

जनपत्र
२३ बैशाख २०७६, सोमबार ०६:०५

हेटौंडा / मकवापुरमा बन्दको प्रभाब खासै परेको छैन । राती देखि अहिले सम्म कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बिप्लप नेतृत्वको पार्टी नभईकन नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गर्दै विज्ञप्ती जारी गरेपनि यसको प्रभाब मकवानपुरमा नपरेको एसपी सिंहले बताउनुभयो ।

बिप्लब पार्टीबाट फुटेको सक्तिले बन्दको आवहान गरेको र त्यसको गतिबिधि मकवानपुरमा नपरेकाले बन्दबाट असर नगरेको उहाँले बताउनुभयो । अहिले पुर्ब पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ, हेटौंडा बजार क्षेत्र लगायतका सडकमा गाडी गुढीरहेको र बन्दले कुनै असर नगरेको उहाँले बताउनुभयो । तर, प्रहरी सक्रियता भने अपनाइएको उहाँको भनाई छ । अघिपछीका बन्दमा कुनैपनि सवारीका साधन नचलेको र चलेका यात्रुवाहक सवारीका साधनलाई स्कटिङबाट गन्तब्यमा पु¥याउँदै आएको भएपनि अहिले भने त्यस्तो गर्नु नपरेको उहाँको भनाई छ ।

नेकपाका इन्चार्ज सगुनले जारी गरेको विज्ञप्तीमा प्रदेश नम्बर ३ र ४ का जिल्ला पनि बन्द गरिने उल्लेख छ । हालको सरकारले जनतालक्षिक कुनैपनि काम गर्न नसकेको र जनताको आँखामा छारो हालिरहेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ कानूनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार सरकारले गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*