प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित!

प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ। प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो।
तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन।
समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ।
उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकमा प्रस्तुत भई मुल समितिले अन्तिम रुप दिनेछ।