ए डिभिजन लिगमा सहमति

जनपत्र
११ श्रावण २०७८, सोमबार ०७:२४

सहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएकै समयमा गर्न १४ वटै ए डिभिजन क्लब सहमत भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आइतबार गरेको छलफलमा १४ वटै क्लबले लिगप्रति सहमति जनाएका हुन्। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा क्लबहरूले लिगलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न सुझाव दिँदै प्रतियोगितामा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

एन्फाले ‘ए’ लिग असोज ३ गतेबाट सुरु गर्ने घोषणा गरेको छ। कोरोना भाइरसको महामारीको कारण देखाउँदै थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले लिग रोक्न माग गरेका थिए। क्लबको निर्णयको विरुद्धमा खेलाडीहरूले आवाज उठाएपछि एन्फाले आइतबार १४ वटै क्लबसँग छलफल गरेको थियो। छलफलमा सबै क्लबले लिग खेल्न प्रतिबद्धता जनाएका छन्। तर, उनीहरूले खेलाडीको स्वास्थ्य र सुरक्षामा भने चिन्ता व्यक्त गरेका छन्। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कुनै पनि हालतमा लिग नरोकिने जनाउँदै सरकारसँग अनुमति लिएर सबै स्वास्थ्य मापदण्ड अपनाएर लिग सञ्चालन गरिने जानकारी दिएका छन्। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*