बिदेशबाट काठ आयात रोक्ने, पर्यटक भित्रयाउने, नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रदेश सरकारको तयारी

हेटौंडा / प्रदेश नम्बर–३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश भरीमा घर निर्माणका लागि काठ आयात रोक्नेगरी काम सुरु गर्ने भएको छ । अहिले पनि ठुला घर निर्माणका लागि मलेसिया लगायत तेस्रो मुलुकबाट घर निर्माणका लागि काठ आयात हुँदे आएको छ ।
अब काठ आयातलाई रोक्नका लागि प्रदेश सरकारदले यहाँका वन जंगलमा सुकेका, उमेर पुगेका रुखलाईनै उपयोग गर्ने तयारी थालेको हो । बिदेशबाट प्रदेश नम्बर –३ मा एक बर्ष भित्रमा काठ आयातले रोक्ने तयारी सरकारले गरेकोे हो । नेपालका जंगलमा ढलेका काठ धेरै हुने, बुढा रुख धेरैनै हुने तर, काठ बिदेशबाट ल्याएर ठुला घर निर्माण गर्नुपर्ने र अरु काममा प्रयोगमा ल्याउनुपर्ने बाध्यता नेपालमा छ ।
यो समस्यालाई एक बर्ष भित्रमा समाधान गर्नेगरी प्रदेश सरकारले तयारी थालेको छ । यता १३ वटा जिल्लामा पर्यटकिय गन्तब्य बनाउने तयारी पनि गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताउनुभयो । प्रदेशका १३ वटै जिल्लामा पर्यटकिय क्षेत्रको पहिचान गरिसकेको प्रदेश सरकारले अब बिदेसी पर्यटक भित्रयाउनका लागि काम गर्न लागेको छ ।
प्रदेशका हरेक जसो जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि सरकार लागिपरेको छ । सिंधुली, नुवाकोट, काभ्रेमा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि काम सुरु भईसकेको मन्त्री नेपालले बताउनुभयो । प्रदेशभरीका हरेक गाउँपालिकामा उद्योग ग्राम खोल्ने तयारी पनि प्रदेश सरकारको रहेको छ । यसै सन्धर्बमा सहकर्मी हरि हुमागाईंले प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल संग कुराकानी गर्नुभएको छ ।
सुनौ कुराकानी