रक्तचाप मापन अभियान हेटौंडाबाट सुरु

जनपत्र
२० बैशाख २०७६, शुक्रबार १८:४७

हेटौंडा /  राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ को अभियान मकवानपुरको हेटौंडाबाट सुरु भएको छ । राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौंडाबाट यो अभियानको सुरुवात भएको हो । मे ३ बाट सुरु भएको यो अभियान महिनाभरी संचालन हुने मकवानपुरका अभियानका कोडिनेटर डाक्टर प्रबिण चौधरीले बताउनुभयो ।

आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रक्त परिक्षण गर्दै अभियानको सुरुवात गरिएको चौधरीले बताउनुभयो । मुख्यमन्त्री कार्यालय र हेटौंडा उपमहानगरपालिकामा गएर अभियानको सुरुवात गरिएको हो । अभियानबाट १५ सय जनाको रक्तचाप मापन गर्ने तयारी गरिएको हो ।

तीन बर्षदेखि यो अभियान सुरु गरिएको हो । अभियान अनुसार हेटौंडा अस्पताल, कान्तिलोकपथ, हेटौंडा स्कुलअफ म्यानेजमेन्ट, मकवानपुरको बकैयाँ गाउँपालिकामा यो कार्यक्रम गरिने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*