प्रदेश-३ राजधानी विवादः सांसद भन्छन्- पार्टीको ह्विप मान्दैनौँ

जनपत्र
२० बैशाख २०७६, शुक्रबार १५:२६

काठमाडौं । प्रदेश–३ को स्थायी राजधानी र नामाकरणमा सांसदहरूले पार्टीको ‘ह्विप’ नमान्ने बताएका छन् । डेढ वर्षसम्म प्रदेशको स्थायी राजधानी नतोक्ने, नामाकरणको प्रस्ताव संसदमा पेश नगर्ने र अन्तिम समयमा पार्टीको निर्णय भन्दै ‘लाद्न’ खोजिए प्रतिवादन गर्ने चेतावनी प्रदेशसभा सदस्यले दिएका हुन् । “अँध्यारो कोठाबाट के–के षड्यन्त्र भइरहेका छन्, हामीलाई ज्ञात छ,” काभ्रेबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने, “प्रदेशको राजधानी पार्टीले होइन, प्रदेशसभाले तोक्ने हो ।”

लम्सालले पार्टीका नेताहरूले आफूलाई लागेको ठाउँ र नाउँ सुझाव दिन सक्ने तर प्रदेशसभाको कार्यक्षेत्र मिच्न खोजे प्रतिवाद गरिने बताएका हुन् । अघिल्लो सरकारले आफूले जस लिन हतारहतार प्रदेशको अस्थायी राजधानी तोके पनि हेटौंडा कुनै हालतमा स्थायी राजधानी नहुने उनको अडान थियो । उनले लोकतान्त्रिक, संसदीय व्यवस्थामा बहुमतको निर्णय मान्य हुने बताउँदै दुई तिहाई सदस्य विपक्षमा उभिएकाले हेटौँडा स्थायी राजधानी हुनै नसकिने बताए ।
१२ खरीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*