हेटौंडाको ओम्याक्स हल आजबाट संचालनमा, दालभात तरकारी फिल्म चल्दै
हेटौंडा । हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स हलआजबाट संचालनमाआएको छ । करिब नौ महिना अघि आगलागीभई ध्वस्तभएको हल पूर्ण रुपमानिर्माण गरिएपछी संचालनमाआएको हो । हलपुननिर्माणका लागिबन्दभएको हलको गेट आजबिहानैबाट खुलेको छ । करिब ३ करोड ४० लाख रुपैयाँलागतमाहलनिर्माण गरिएपछी संचालनमाल्याएको हलका संचालकतिर्थ प्रधानले बताउनुभयो । आजबाट संचालनमाआएको हलमापहिलो फिल्मदालभात तरकारी प्रर्दशनहुनलगोको छ ।
पहिलेको हलमाभन्दाअहिले पुर्ण रुपमाथप सुबिधा र क्षमतामापनि बृद्धी गरिएको छ । अहिले निर्माण गरिएको हलमालक्जरी सिट सहित ३ सय ९० जना बसेर हलमाफिल्म हेर्न सक्ने ब्याबस्था गरिएको उहाँले बताउनुभयो । दालभात तरकारी फिल्म संचालनगर्दै पुननिर्माणपछीको हल संचालनमाल्याइएको हलकाअर्का संचालक नरेन्द्र महर्जनले बताउनुभयो ।अहिले दुईवटा प्राजेक्टर राखिएको छ । भित्ता र सिलीङमा समेत साउन्ड सिष्टम राखिएको महर्जनले बताउनुभयो । पहिलेको तुलनामापुननिर्माण गरिएको हलमा सबै सुबिधाहरु थप गरिएको छ । नयाँप्रविधिको साउण्ड सिस्टमदेखि लिएर दर्शक बस्ने सिट समेतको स्वरुप परिवर्तन हुने भएको कारणले पहिलेनै हल संचालन गर्ने भनिएपनि ढिलाई भएको हो ।
मकवानपुरे दर्शकहरुको मन जित्न सफलभएको ओम्याक्स हल अब पुननयाँप्रविधितथानयाँ टेक्नोलोजीको साथपुन सञ्चालनमाल्याइएकोमहर्जनले जानकारी गराउनुभयो । हलको पुननिर्माणको पुरै कामभने अहिले सकिएको छ । परिवर्तन र सुविधा सम्पन्नपाउने सञ्चालक नरेन्द्र महर्जनको भनाई छ । महर्जनकाअनुसार हलबन्दभएदेखि हरेक दिनहलकहिले बन्छ भन्दै दर्शकले प्रश्नगर्दै फोन गर्ने गरेका छन् । अब भने लामो समयपश्चातको दर्शकको प्रतिक्षा सक्कीएको छ ।
गतमहिनाश्रावण २३ गते विद्युतलाइनमर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हलआजलागीभएको थियो । जसमा ३ करोडको क्षतीभएको थियो । २०६९ जेठबाट सञ्चालनमाआएको ओम्याक्स हल सुविधायुक्तओम्याक्स हलनिर्माण भएपछि महर्जनले नै सञ्चालनगर्दै आएको ओम सिनेमा हलभत्काइएको थियो । ओमचलचित्रहल २०४४ सालमा स्थापनाभएको हो ।