धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

जनपत्र
२० बैशाख २०७६, शुक्रबार ०६:४६

काठमाडौँ – धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । यो समाचार नागरिक दैनिकमा प्रशान्त लामिछानेले लेखेका छन् । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । निलो पुल (गोपिकृष्ण हल) अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*