सूचना र सञ्चार प्रबिधिको महत्व बड्दै

हेटौंडा / सूचना तथा सञ्चार प्रबिधिको महत्व निकै बड्दै गएको आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवसका अबसरमा आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमको उध्घाटन् गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले सूचना र संचारको महत्व धेरैनै भएको बताउनुभयो । संचार क्षेत्र संगै हरेक क्षेत्रमा प्रबिधिको प्रयोगको ब्यापकता बनाउनुपर्ने उहाँले बताउनुभयो । प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका ३ का प्रेश रजिष्टार रेवती सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ट, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश ३ पत्रकार महासंघका महासचिब कृष्ण सारु मगरले कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका बिभीन्न संचार संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।