अभिनेत्री मेहरिन र विश्नोइले किन तोडे इंगेजमेन्ट, दुवैले खुलाए रहस्य

जनपत्र
२२ असार २०७८, मंगलवार ०५:५९

साउथ फिल्मकी चर्चित अभिनेत्री मेहरिन पिरजादा तनावमा छिन् । उनी हरयाणाका राजनीतिज्ञ भव्य विश्नोइसँग विवाहको तयारी गरिरहेकी थिइन् । तर अचानक इंगेजमेन्ट तोडियो । उनीहरु दुवैले आपसी सहमतिमा विवाह तोडेका हुन् । विवाह नगर्ने निर्णय भएको बारे अभिनेत्री मेहरिनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

मेहरिन र विश्नोइबीच गएको मार्च १२ मा इंगेजमेन्ट भएको थियो । तर इंगेजमेन्ट गरेको ४ महिनापछि उनीहरुले इंगेजमेन्ट तोड्ने निर्णय गरे । इंगेजमेन्ट गरेका तोडिएपछि मेहरिनले यस बारे सबैलाई बताएकी छिन् ।

उनले भनिन् ‘भव्य विश्नोइ र मैले इंगेजमेन्ट तोड्ने र बिहे नगर्ने निर्णय गरेका छौं । यो निर्णय आपसी सहमतिमा गरेका हौं ।’ यस्तै विश्नोइले पनि २ दिन पहिले नै आफुहरुले सहमतिमा इंगेजमेन्ट तोड्ने निर्णय गरेको बताए । उनले सम्बन्ध टुट्दा कुनै पछुतो नभएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*