मकवानपुरे गायिका प्रतिभाको ‘तीज भयो क्यार ठिस…’ बजारमा (भिडियोसहित)

जनपत्र
२१ असार २०७८, सोमबार ०६:२८

नजिकिँदो नेपाली महिलाहरुको चाड तीजको रौनकतालाई थप गर्न तीज गीतहरु धमाधम बजार आउन थालेको छ । यसै क्रममा मकवानपुरे गायिका प्रतिभा सापकोटाको तीज गीत ‘तीज भयो क्यार ठिस…’ पनि बजारमा आएको छ ।
मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको उक्त गीतमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानुको स्वर रहेको छ । गौरब गिरिको निर्देशनमा डिजिटल बजार मार्फत बजारमा ल्याइएको उक्त गितको भिडियोमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानु, गोबिन्द बिवस र सुरेस भट्टको अभिनय रहेको छ ।

गायिका सापकोटाले कोरोनाको कारण दोश्रो बर्षको तिज पनि २ बर्ष देखि खुलेर मनाउन नपाउदाको युवा भावलाइ प्रकट गरेको बताइन । पछिल्लो समय “तीज भयो क्यार ठिस” टिकटक प्रयोग कर्ताले अत्याधिक मन पराएका छन । यसबाट आफु अत्यन्त उत्साहित भएको गायिका सापकोटाले बताइन ।

हेर्नुस उक्त गीतको भिडियो :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*