मकवानपुरका किसानको आकर्षण च्याउखेति, विचौलियाको हैरान

जनपत्र
१९ बैशाख २०७६, बिहीबार ०८:००

हेटौंडा / मकवानपुरका गाउँ गाउँमा टनेलमा च्याउखेति गर्ने क्रम पछील्लो समयमा निकै बढेको छ । घर वरीवरी प्लाष्टीकले छाएर टनेल निर्माण गर्ने त्यसभित्र च्याउ खेतिगर्ने किसानहरु धेरे बढेका हुन् । यसै क्रममा मकवानपुरको उत्तरीक्षेत्र भिमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा ब्याबसायीक रुपमा टनेलमा च्याउ खेतिगर्ने किशानहरु पहिलेको तुलनामा निकै बढेका छन् । च्याउ खेति गरेर राम्रो आमदानी हुने भएपछी किशानको आकर्षण यस तर्फ बृद्धी भएको छ ।

अघोरमा च्याउन खेतिबाट राम्रो आमदानी दिने किशान आधा दर्जन छन् । च्याउखेतिबाट छोरा छोरी पढाउने, घर खर्च गर्ने र पैसा बचत समेत गरेको स्थानीय किशान सोनी लामा बताउनुहुन्छ । यहाँ उत्पादन गरेको च्याउ हेटौंडा बजार, काठमाण्डौ शहर लगायतका क्षेत्रमा लगिने गरेको छ । मकवानपुरको गढी गाउँपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा पनि च्याउ खेतिगर्ने किशानको संख्या दिन प्रतिदिन बढेको छ । तर, किशानले मेहनत गरे अनुसारको च्याउमा मुल्य नपाएको गुनासो गरेका छन् ।

हेटौंडामा उपभोक्ताले दुईसय रुपैयाँ केजीमा च्याउ खरिद गर्नुपर्ने अबस्थामा किशानले भने एक केजी च्याउको मुल्य एक सय देखि एक सय ३० रुपैयाँ सम्म मात्र पाउने गरेका छन् । च्याउ खरिद गर्ने र शहरमा लगेर बिक्री गर्ने बिचौलीयाका कारण च्याउन खेतिगर्ने किशान पनि हैरान भएका छन् । किशान आफैले सबै काम गर्न नसक्ने हुँदा ब्यापारी मार्फत बजारमा बिक्री गर्नुपर्ने र त्यस्तो अबस्थामा बिचौलाीयका कारण उचित मुल्य नपाएको उनीहरुको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*