लालपुर्जा नभएका मकवानपुरका भुकम्प पीडितलाई घर निर्माण गर्न बाटो खुल्यो
हेटौंडा / आफ्नो हातमा लालपुर्जा नभएकै कारण भुकम्पले घर ढलेका मकवानपुरका ६ सय ३२ घर परिवारलाई अब पहिले आफुले उपभोग गर्दै आएको जग्गामा घर निर्माण गर्ने वाटो खुलेको छ । भुकम्प पीडित लाभग्राहिका लागि भूमिका ब्याबस्थापन गर्न बनेको जिल्ला समन्वय समिति मकवानपुरको बैठकले यो निणय गरेको हो । चारवर्ष अगाडीको भुकम्पमा परेर घरबार बिहीन भएका मकवानपुरका ६ सय भन्दा बढी परिवालाई चार बर्षपछी घर निर्माण गर्ने बाटो खुलेको हो । प्रतिनिधिसभाका सांसद बिरोध खतिवडाको अध्यक्षतामा आज हेटौंडामा भएको बैठकले यो निणय गरेको हो ।
पहिले ऐलानी र सार्बजनिक जग्गामा घर भए पनि भुकम्पका कारण भएको घर ढलेपछी घर निर्माणका लागि पुन निर्माण प्राधिकरण संग संझौता समेत गर्न नपाएका मकवानपुरका भुकम्प पीडित परिवारले घर निर्माण गर्नका लागि आज निणय भएको सांसद खतिवडाले बताउनुभयो । मकवानपुरमा ऐलानी र सार्बजनिक जग्गामा घर रहेका १ हजार ३ सय ३८ परिवार मध्यमा ६ सय ३२ परिवारको अहिले टुङगो लागेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।
अरु बाकी ७ सय ६ परिवारको भने निणय हुन बाँकी रहेको र पछी सबै कागजपत्र मिलीसकेपछी टुङगो लगाईने सांसद खतिवडाले बताउनुभयो । मकवापुरको पुर्बी क्षेत्र बकैया, बागमती गाउँपालिका, मनहरी गाउँपालिका लगायतका क्षेत्रका भुकम्प पीडितलाई पहिले आफ्नो जग्गाको लालपुर्जा नभएकै कारण घर निर्माण गर्न पाएका थिएनन् ।
२०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी घर ढलेपनि टहरामा बस्दै आएका पीडित परिवारले अब सरकारले घर निर्माण गर्नका लागि दिने ३ लाख रुपैयाँ लिएर घर निर्माण गर्ने भएका हुन् । जग्गा अन्यत्र लिन चाहने पीडित परिवारले २ लाख रुपैयाँ पाउनका लागि बाटो खुलेको सांसद खतिवडाले बताउनुभयो ।