हेटौंडामा जनबादी विवाहको झल्को, पुरेत र सिन्दुर बिनानै आदर्श बिवाह
हेटौंडा / मकवानपुरको हेटौंडामा आज कम्युनिष्टको पहिलेको जनबादी विवाहलाई झझल्को दिनेगरी एक जोडीले आदर्श विवाह गरेका छन् । बषौ पहिले कम्युनिष्ट पार्टीमा लागेका युवा युवतीहरुले जनबादी विवाह गर्ने चलन थियो । जनबादी विवाह सबै भन्दा धेरै पुर्ब माओबादी पार्टीका नेता कार्यकर्ता भूमिगत हुँदा गरेका छन् । यता पुर्ब एमालेका नेता कार्यकर्ताले पनि जनबादी विवाह गरेका छन् । तर अहिले पहिलेको जनबादी विवाहलाई झझल्को दिनेगरी हेटौंडा २ का रुपा बिडारी र शिशिर पराजुलीले आदर्श बिवाह गरेको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले बताउनुभयो ।
पहिले साधरण तरिकाले आर्दश बिवाह गर्दै आएका कम्युनिष्टका नेता कार्यकर्ताहरु एकले अर्कोसंग कसले विवाहमा बडी खर्च गर्ने, भोज खतेर गर्ने भन्ने होडबाजी चलिरहेको छ । कम्युनिष्ट पार्टी भित्र भाषमा दाईजो लिनुहुन्न भन्ने, विवाहमा थोरै खर्च गर्नुपर्छ भन्ने, तर कार्यनयन आफैबाट नगर्ने चलन छ । तर, रुपा बिडारी र शिशिर पराजुलीले दाईजोका सामान थुप्रै दिने र बिवाह गर्न आउने छोराले गहनै गहनाले बेहुलीलाई छपक्कै बनाउने परिपार्टीलाई चुनौती दिएका छन् । आज उनीहरुको बिवाह गराउने पुरेतनै थिए । नत टाउँकोमा सिन्दुरनै लगाईयो । पुरेत र सिन्दुर बिनानै आदर्श बिवाह उनीहरुले गरेका छन् । बिवाहमा शुभकामना दिनेहरु कम्युनिष्टका नेता, कार्यकर्ता, मकवानपुर र प्रदेश ३ का जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बिवाहमा लाखौ रुपैयाँ खर्च गरेर भोजभतेर, गरगहना र दाइजो दिने प्रथाको अन्त्य गर्नका लागि यो बिवाहले पाठ सिकाएको अध्यक्ष सिग्देलले बताउनुभयो । आदर्श बिवाहको अध्यक्षता सिग्देललेनै पार्टीका तर्फबाट गर्नुभयो । समारोहका प्रमुृख अतिथी नेकपाका केन्द्रीय नेता अष्टलक्ष्मी साक्यले समाज रुपमान्तरण गर्नको लागि आदर्श बिवाह आवस्यक रहेको बताउनुभयो । पहिलेको जनवादी बिवाहको समेत उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा मकवानपुर क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडा, राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उप्रमुख मिना लामा, नेकपाका जिल्ला स्तरिय नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।