प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै हेटौंडामा पत्रकारको दबाब

जनपत्र
१८ बैशाख २०७६, बुधबार १०:१३

हेटौंडा / प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै आज हेटौंडामा ¥याली निकालीएको छ । मकवानपुरका पत्रकारहरुले प्रदेशको राजधानी हेटौंडामा आज ¥याली निकालेका छन् । हेटौंडाको सिमाचोकबाट सुरु भएको ¥यालीले बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुन बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय निर्देशन बमोजिम पत्रकार महासंघ ३ नम्बर प्रदेशले र्¥याली आयोजना गरेको हो । प्रेस स्वतन्त्रता सुनिश्चितताको लागि ऐक्यबद्धता लेखिएको व्यानर सहित पत्रकारहरुले हेटौंडामा र्¥याली निकालेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले कानुन मिडीया मैत्री हुनुपर्ने बताउनुभयो । पत्रकारलाई समाचार लेख्नमा स्वतन्त्र छाडिनुपर्ने उहाँले बताउनुभयो ।

र्यालीमा प्रदेश पत्रकार महासंघका प्रतिनिधि महाँसचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु अन्य जिल्लाका पत्रकारसहितको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*