मनहरिमा दुइ दिने मौसमि तथा वेमौसमि तरकारि खेति तालिम

जनपत्र
१८ बैशाख २०७६, बुधबार ०५:५२

मकवानपुरको मनहरीमा दुईदिने तालिम सकिएको छ । नारी सीप सृजना केन्द्र नेपालले आयोजनामा मनहरिमा दुइ दिने मौसमि तथा वेमौसमि दिगो तरकारि खेति तालिम सम्पन्न भएको हो । मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्र्तगत यो तालिम सम्पन्न गरेको हो । जिविकोपार्र्जन को माध्यामवाट मानववेचविखन लाई नियन्त्रण गर्दै सुरक्षित वसाइसराइलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ यो कार्यक्रम संचालन गरिएको केन्द्रले जनाएको छ ।

कैलाश गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक अमरकान्त झाले दुइ दिन सम्म तालिमलाई सहजिकरण गर्नु भएको थियो । मनहरी गाउँपालिका सगँको समन्वयनमा २१ जना तरकारी खेती गरिरहेका किसानहरुलाई यस तालिमले प्रत्यक्ष रुपमा फाइदा पु¥याएको छ ।
नारी सीप सृजना केन्द्र नेपालको अध्यक्ष उमा सुवेदिको अध्यक्षतामा र मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्टको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । जसमा मनहरी गाउँपालिकाको उपाध्यक्ष विष्टले कार्यक्रम प्रभाकारि रहेको र तरकारि खेतिमा पनि विषादि रहित खेतिमा जोड दिनु पर्ने वताउनु भयो । कार्यक्रमा नारी सीप सृजना केन्द्रका कार्यकारि निर्देशक चिरञ्जिवी पौडेल, कार्यक्रम संयोजक ज्योति वम्जन, कार्यक्रमका फिल्ड संयोजक उर्मिला गोले लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*