मकवानपुरगढीमा पूर्वाधार विकासका कामले किसानलाई सहज भएको छ–अध्यक्ष हुमागाईं

जनपत्र
८ असार २०७८, मंगलवार ०६:५०

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा चारवर्षको अवधिमा पूर्बाधार बिकासका कामले फड्को मारेको छ । बिशेषगरी पहिले कच्ची रहेका मुल सडकलाई पक्की बनाउने र सडकनै नपुगेका स्थानमा सडक खोल्ने काम गरिएको छ । वडा वडाका ठुला खोलामा पुल निर्माणका कामले पनि तिब्रता पाएका छन् ।

साबिकको आमभन्ज्याङ र गढी गाबिसलाई जोड्नका लागि सामरी खोलामा पुल हालेर एउटै बनाउने काम पनि गरिएको छ । बिशेषगरी पूर्वाधार निर्माणमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आउनु भन्दा पहिले र अहिलेमा बिकासले धेरै फड्को मारेको स्थानीय वासिन्दाहरु वताउँछन् । अहिले गाउँ गाउँमा पक्की सडक निर्माण भएसंगै पहिलेका साविकका गाबिस र वडा वारपार गर्नका लागि खोलाका कारण समस्या भएपनि अहिले करोडौं लगानीमा पुल निर्माण भएका छन् ।

पहिले तुइन र झोलुङ्गे पुलबाट ओहोर दोहोर गर्नुपर्ने भएपनि अहिले चारवर्षको अवधिमा भने पक्की पुल निर्माणका कामले तिब्रता पाएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो । गाउँमा पक्की पुल निर्माणको अभियान अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमल्टार र कालिवन जोड्नका लागि ज्यामिरे खोलामा पक्की पुल निर्माण भएर गाडी गुढ्न थालिसकेको छ । कुल ४ करोड ७० लाख रुपैयाँ लागतमा पुल निर्माण गरेर कार्यान्यवनमा आएको उहाँले जानकारी दिनुभयो ।

पहिले बर्षायामा खोला ओहोर दोहोर गर्नका लागि समस्या भएपनि अहिले भने त्यो समस्या हटेको छ । चार वर्ष पहिले गाउँमा पक्की सडक देख्नै मुस्कील थियो । हेटौंडा बजारमा मात्र पक्की सडक जताततै थियो । तर, गाउँ लागेपछी कच्ची सडकमा सवारीका साधन गुढ्ने गरेको थियो । मकवानपुरगढीमा जनप्रतिनिधि आएपछी चार वर्षको अवधिमा धेरै सडक पक्की भएका छन् । सडक नपुगेका स्थानमा सडक सञ्जालले जोडिएको छ । धेरै सडक पक्की निर्माण भएपछी स्थानीय वासिन्दाहरु पनि खुसी भएका छन् ।

गाउँपालिका क्षेत्रका मुल सडक र साखा सडक फराकिलो पार्ने अभियानसंगै पक्की निर्माण गर्ने काम अभियानकौ रुपमा अगाडी वढाइएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । सडक नपुगेका गाउँमा सडक, पानी, विजुली पहिलो प्राथमिकताका साथ काम भइरहेका छन् । बिशेषगरी पूर्वाधार निर्माणमा गढी गाउँपालिकाले धेरै रकम खर्च गरेको छ । मकवानपुरगढी गाउँपालिकाले हेटौंडाको सामरी पुलदेखि डुम्रेकुना सम्मको शहिद बासुदेव मार्ग निर्माणको कामलाई तिब्रता दिएको छ ।

यस सडक निर्माण गर्नका लागि चार वर्षको अवधिमा मकवानपुरगढी गाउँपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको समेत गरेर १५ करोड रुपैयाँ लगानी गरिएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । सामरी पुलबाट बुढीचौर हुँदै मदनभण्डारी मार्गको सिस्नेरी जोड्ने लक्षका साथ यो सडक निर्माण गर्ने र ठाउँ ठाउँमा पक्की बनाउने काम भइरहेको हो । कुल ३१ किलोमिटरको यो सडकका ठाउँ ठाउँमा पक्की वनाउने काम भएको छ । अरु स्थानमा पनि पक्की वनाउने लक्षका साथ काम भइरहेको छ ।

मकवानपुरगढीको सामरीपुल देखि मक्रान्चुली सिकरकटेरी सडक निर्माणमा फराकिलो बनाउन कटिङको काम भएको छ । प्रदेश राजधानी हेटौंडाबाट गाउँपालिकाको केन्द्र जोड्ने यो सडक निर्माणका लागि हाल सम्म तीन तहका सरकारको ८ करोड रुपैयाँ खर्च भइसकेको छ । चार वर्षको अवधिमा १५ किलोमिटर निर्माण भएको यस सडकमा स्लाब ढालन, नाली निर्माण, ग्राभेलिङ लगाएतका काम गरिएको उहाँले वताउनुभयो । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादर्क हरि हुमागाईंले मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंसंग कुराकानी गर्नु भएको छ । सुनौ अडियो कुराकानी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*