कर्मचारीलाई सरकारी उद्योगको मालिक बनेर काम गर्न निर्देशन

हेटौंडा / पूर्ण सरकारी स्वामित्वमा संचालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगको अनुगमनमा संघिय सरकारका उद्योग मन्त्री मात्रृका यादबको नेतृत्वको टोलीले आज दिनभर अनुगमन र छलफल गरेको छ । हेटौंडा ९ लामसुरेमा रहेको सिमेन्ट उद्योगलाई अबको सिमेन्टको भबिस्य पनि भएकाले यसलाई बचाउनका लागि सक्दो प्रयाश गर्नुपर्ने मन्त्री यादबले बताउनुभयो ।
हेटौंडा सिमेन्ट उद्योगको अहिलेको अबस्था पहिचान गर्न र थप ब्यबस्थित र निजी सिमेन्ट उद्योग संग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने बिषयमा आज दिनभरजसो मन्त्री यादब सहितको टोलीले अन्तरकृया गरेको उद्योगका अध्यक्ष रघरमण न्यौपानेले बताउनुभयो । मन्त्री यादबसंगै उद्योग मन्त्रालयका सचिब एमकुमारी खतिवडा, प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपाने, उद्योगका महाप्रबनधक प्रेमशंकर सिंह, बिभीन्न टे«डयुनियनका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।
उद्योगको अनुगमनपछी अन्तरकृया कार्यक्रममा सहभागि हुनुभएका मनत्री यादबले जिमेवार पुर्बक काम गर्नका लागि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सरकारी कर्मचारी भनेको यो उद्योगको मालिक समेत भएकाले जिमेवारी पुर्बक काम गर्नुपर्ने उहाँले बताउनुभयो । उद्योगलाई परेका समस्या समाधान गर्नका लागि आफूहरु तयार रहेको उहाँको भनाइ छ ।