नवौं राष्ट्रपति रनिङशिल्ड खेलकुदको तयारी सुरु
मकवानपुर जिल्लाको नवौ राष्ट्रपति रनिङशिल्ड खेलकुदको स्थानिय तह छनौट बकैया गाउपालिकाबाट सुरु हुने भएको छ । बकैया गाउपालिकामा आज वसेको वैठकले सो गाउपालिकाको छनौट यही वैशाख २७ र २८ गते गर्ने निर्णय गरेको गाउपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिएका छन । राष्ट्रपति रनिङशिल्ड खेलकुदको नयाँ निर्देशिका अनुसार स्थानिय गतबाट टीम तयार गरि जिल्ला प्रतियोगितामा सहभागि गराउनु पर्ने छ ।
सवै स्थानिय तहबाट टीम तयारी भए पछि जिल्ला प्रतियोगिता आयोजना हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आफ्नो स्थानीय तहका विद्यालयहरु संगको समन्वयमा छनौट गर्न सवै गाउँपालिका र नगरपालिकाहरुलाई अनुरोध गरि सकिएको खेलकुद समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।
स्थानिय तहका प्रमुखको संयोजकत्वमा छनौट समिति गठन गरि प्रतियोगिता आयोजना गर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ । चैत्र महिना भित्रै जिल्ला प्रतियोगिता गरि सक्नु पर्नेमा यस वर्ष निर्देशिका आउन ढिला भएको र आठौ राष्ट्रिय खेलकुद तथा विद्यालयहरुमा भएको परिक्षाका कारण ढीला भएको खेलकुद विकास समितिले जनाएको छ । स्थानिय तहको छनौट जेठको पहिलो हप्ता भित्र सकेर जिल्ला प्रतियोगिता आयोजना हुने समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिएका छन ।