प्रदेश–३ स्तरिय संशाधन प्रक्षेपण सम्बन्धी गोष्ठी

हेटौंडा । प्रदेश नम्बर –३ स्तरिय मानव संशाधन प्रक्षेपण सम्बन्धी एक दिने गोष्ठी आज हेटौंडामा भएको छ । प्रदेशको सामाजिक बिकाश मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो । मन्त्रालयका निमीत्त सचिब दिपेन्द्र सुवेदीको अध्यक्षता तथा सामाजिक बिकाश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री दुलालले मानब संशाधन सम्बन्धी धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कँडेल, कार्यदलका बिज्ञ सहसचिब रामशरण सापकोटा, संघिय कार्यदलका प्राध्यापक डाक्टर माधब प्रसाद दाहाल, डाक्टर रुद्र सुवाल लगायतकाले कार्यक्रममा आफ्ना सुझाब राख्नुभएको थियो । कार्यक्रममा प्रदेशका बिभीन्न नगरपालिका, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, निर्देशनालयका निर्देशकहरु, उद्योग बाणिज्यसंघका पदाधिकारी, सामाजिक बिकाश मन्त्रालयका महासाखाका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।