आगामी आर्थिक बर्षमा ५० अर्ब रुपैयाँको बजेट ल्याउँदै प्रदेश–३ सरकार

चालु आर्थिक बर्षमा ३० प्रतिशत मात्र खर्च, सचिब नहुँदा कामै रोकियो ।
जनपत्र
१७ बैशाख २०७६, मंगलवार ०६:३१

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक बर्षका लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् । चालु आर्थिक बर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकारले प्रोजेक्ट बैक मार्फत बजेट ल्याउने तयारी थालेको छ ।
चालु आर्थिक बर्षमा हाल सम्म पुँजीगत र चालु खर्च गरी ३० प्रतिशत मात्र बजेट खर्च गरिएको छ । आउँदो असार महिना सम्ममा प्रदेश सरकारले पुँजीगत खर्च ५० प्रतिशत सम्म गर्नका लागि पनि समस्या भएको छ । तर, सबै रकम खर्च गर्ने प्रदेश सरकारको दाबि छ ।
आगामी आर्थिक बर्षको बजेटको तयारीमा जुटेपनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समय देखि सचिब नभएका कारण धेरै काममा समस्या परेको छ । संघिय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिब नपठाएकोमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल निकै आक्रोसीत समेत हुनुभएको छ ।
लामो समयदेखि संघिय सरकार समेत रहेको प्रदेश ३ मा समेत सचिब पठाउन नसकेको अबस्थामा अन्य प्रदेशमा कस्तो समस्या होला भनेर उहाँ प्रतिप्रस्न समेत गर्नु हुन्छ । प्रदेशको राजस्व संकलनको महत्वपूर्ण हिस्सा मानिएको ढुङ्गा, गिट्टी, वालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघिय सरकारले निणय गरेपछी आर्थिक श्रोत घट्नेमा चिन्ता पनि त्यतीकै बढेको छ । तर, राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक श्रोत बृद्धी गर्ने तयारीमा पनि प्रदेश सरकार लागेको छ । यसै सन्दर्भमा हाम्रा सहकर्मी हरि हुमागाईंले प्रदेश ३ का आर्थिक मामिला तथा योजजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल संग कुराकानी गर्नु भएको छ । सुनौ कुराकानी ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*