अनिवार्य आधारभूत शिक्षा घोषणा गर्ने २२ स्थानीय तहलाई हेटौंडामा सम्मान

हेटौंडा / प्रदेश नम्बर –३ को शिक्षा बिकाश निर्देशनालय हेटौंडाले अनिवार्य आधारभूत शिक्षा सुनिस्चित भएको घोषणा गरेका स्थानीय तहहरुलाई आज हेटौंडामा सम्मान गरेको छ । आधारभूत तह अनिवार्य हुनैपर्ने गरी घोषणा गरिसकेका प्रदेश ३ का २२ वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आज दोसल्लाह ओढाएर सम्मान गरिएको हो ।
प्रदेश ३ को भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका, बिगु गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका, ललितपुरको महाँङकाल गाउँपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, धादिङ जिल्लाको बेनीघाट रोराङ्ग नगरपालिका, धुनिबेसी नगरपालिका, गल्छी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, खनियादास गाउँपालिका, सिद्धलेख गाउँपालिका, थाक्रे गाउँपालिका र मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिकालाई आज सम्मान गरिएको हो । सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई प्रदेश नम्बर –३ का कार्यबाहक मुख्यमन्त्री सालिकराम जमकट्टेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाले दोसल्लाह, प्रमाणपत्र सहित सम्मानित गर्नुभयो ।