हुप्रामा संरचना बनाउन नदिएकोमा खेलप्रेमीहरु आक्रोसित, प्याराफिट बनाउन माग गर्दै ज्ञापनपत्र

जनपत्र
१६ बैशाख २०७६, सोमबार १७:३३

हेटौंडा / हेटौंडाको हुप्राचौरका वासिन्दाले आफ्नै निजी चौर जसरी खेल मैदानका रुपमा बिकाश गर्न नदिएको भन्दै मकवानपुरका खेल प्रेमीहरुले आपत्ति जनाएका छन् । आज हुप्राचौरको केही भागमा प्याराफिट बनाउन माग गर्दै हेटौंडा उपमहानगरपालिकामा घेराउन गर्न उनीहरु पुगे । कुनैपनि हालतमा हुप्रचौरमा पुर्ब तर्फको भागमा प्याराफिट बनाउनुपर्ने माग गर्दै उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रदेश सरकार मार्फत उपमहानगरपालिकाले स्थानीय वासिन्दालाई समस्या नपर्नेगरी प्याराफिट बनाउन लागेको छ । हुप्रचौरका खेल मैदान भएकाले स्थानीय वासिन्दाहरुले आफ्नो निजी जग्गा जसरी सामान्य प्याराफिट पनि बनाउन पाईदैन भन्नु नाजायज भएको भन्दै त्यसलाई बनाउनका लागि माग गर्दै मेयर महतलाई ज्ञापनपत्र बुझाएका हुन् । हुप्राचौरमा प्याराफिट बनाउन माग गर्दै मकवानपुरमा रहेको अधिकांश क्रियाशिल खेलकुदका संघसस्थाको नेतृत्वको टोलीले एक सय जनाको हस्ताक्षर समेत गरेर मेयर महतलाई आज ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सीना सहित मकवानपुरका रहेको खेलकुद सम्वन्धी अधिकांश संघसस्थाका प्रतिनिधिहरुले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देललाई पनि ज्ञापनपत्र बmुभाएका थिए । हुप्राचौरका सुरक्षालाई पनि प्याराफिटले थप मजबुत पार्ने तथा खेलकुदको गतिविधिहरुलाई समेत थप ब्यवस्थित गर्ने भन्दै आफुहरुले प्याराफिट निर्माणको माग गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताउनुभयो ।

ज्ञापनपत्र बुझदै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुले हुप्राचौरलाई बन्द गर्ने मनासयले प्याराफिटको निर्माण गर्न लागेको भन्ने हल्ला गलत भएको बताउनुभयो । प्याराफिट एक क्षेत्रमा मात्र हुने र उक्त क्षेत्रमा सटर निर्माण गर्दै ब्यवसाय सञ्चालकलाई दिने र उक्त रकम खेल क्षेत्रमानै लगाउने सोचले यो कार्य अघि बढाउन लागिएको उनले बताउनुभयो । टोलीले आजै हुप्राचौर क्षेत्रमा नेपालको झण्डा समेत गाडेका छन् । गत बैशाख १४ गते मात्र हुप्राचौर संरक्षण समितिले प्याराफिट निर्माणको विरोधमा चौरमा कालो झण्डा गाडेको थियो । प्याराफिट निर्माणको लागि प्रदेश सरकार तथा हेटौँडा उपमहानगरपालिकाले २ करोड बजेट छुटईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*