ट्रकमा पेट्रोल बम पड्काएको आरोपमा प्रहरीबाट फेरी पक्राउ परे ज्वाला

जनपत्र
१६ बैशाख २०७६, सोमबार १४:५८

हेटौंडा / नेकपा मकवानपुरका इनचार्ज बीरबहादुर घलान ज्वालालाई आजबाट प्रहरीले फेरी अर्को मुद्धामा फत्राउ गरेको छ । गत फागुन ३० गते नेपाल बन्दको दिनमा हेटौंडाको बस्तिपुर नजिक ट्रकमा पेट्रोल बम प्रहार गरेर चालक घाईते भएको भन्दै पुन पक्राउ गरेर अर्को मुद्धा चलाईको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज समेत रहनु भएका ज्वालाले आज धरौटी बुझाएर रिहा भएलगतै अदालत परिसरबाटै प्रहरीले अर्को मुद्धा चलाउनका लागि पुनः पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । बिप्लब नेतृत्वको माओबादीका नेता कार्यकर्तालाई बिभीन्न मुद्धामा देशैभरी प्रहरीले पक्राउ गरेर मुद्धा चलाउँदै आएको छ ।

गत चैत २८ गते पक्राउ परेका ज्वाला आज सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएपति धरौटी तथा जरिवाना बुझाएर बाहिर निस्कनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जिल्ला अदालतको गेटसम्म पनि आउन दिएनन् । धरौटी तथा जरिवाना बापतको ६० हजार बुझाएर अदालत परिसरबाट निस्कदै गर्दा उनी पुनः पक्राउ परेका हुन् ।

ज्वालाको तर्फबाट अधिवक्ता केशवप्रसाद गौतमले मुद्धा लडेका थिए । गत बैशाख २ मा धरौटीमा छाडन अदालतले आदेश दिएपनि उनी पुन पक्राउ हुने भएपछि धरौटी नबुझाई भीमफेदी कारागार गएका थिए । तर आज धरौटी बुझाएपनि उनि हिरासत मुक्त हुन सकेनन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले आज रिहा गरिएको भएपनि पुनः अर्को मुद्धा भएकाले पक्राउ गरिएको बताए । उनलाई नेपाल बन्दको क्रममा मकवानपुरको हेटौंडा–१९, नेवारपानी नजिकै गाडीमा आगजनी गरेको मुद्धा लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*