सडक नाटक द्धारा सुरक्षित बसाईसारई तथा मानव वेचविखन रोकथाम

जनपत्र
१५ बैशाख २०७६, आईतवार २१:०६

हेटौंडा / नारी सीप सृजना केन्द्रले सुरक्षित बसाईसराई तथा मानव बेचविखन विरुद्ध सम्वन्धि सडक नाटकको माध्याम बाट जनचेतना कार्यक्रम गरेको छ । कार्यक्रम हेटौडा १४ चिसापानीमा सम्पन्न गरेको हो । असुरक्षित बसाईसराइले गर्दा मानव बेचविखनको भयाब स्थिति देखा परिरहेको अवस्थामा यो कार्यक्रम जनस्तर सम्म लगिएको हो ।

मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्र्तगत यो सडक नाटक प्रस्तुत गरिएको हो । यस्ता विभिन्न जनचेतनामुलक कार्यक्रम द्धारा सुरक्षित बसाइसराइ लाई प्रर्वद्धन गर्दै मानव बेचविखन लाई नियन्त्रण गर्दै जाने कुरा कार्यक्रका फिल्ड संयोजक उर्मिला गोलेले जानकारी दिनु भयो । परियोजनाले समेटिएको आफ्नो कार्य क्षेत्र हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्र भित्र विभिन्न समयमा यस्ता नाटकहरु तथा अन्य जनचेतनाका कार्यक्रमहरु सञ्चालन हुदै जानेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*