लोभ त्यागे मात्र कम्युनिस्ट पार्टी बलियो हुनेः न्यौपाने

जनपत्र
१४ बैशाख २०७६, शनिबार १८:४५

हेटौँडा / नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले पार्टीका नेता कार्याकर्ताले लोभ त्यागे मात्र कम्युनिस्ट पार्टी बलियो हुने नेपाल बैज्ञानिक समाजवादमा पुग्ने बताउनुभएको छ । आज हेटौंडा ४ स्तरिय भेलालाई संबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य न्यौपानेले सबैले पद र प्रतिष्ठामा बस्दा लोभ त्याग्नुपर्ने बताउृनुभयो ।

कार्याकर्ता भेलामा शनिबार बोल्दै न्यौपानेले बलियो कम्युनिस्ट पार्टीले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्ने, राष्ट्रियताको रक्ष गन बताउनुभयो । नेपाललाई समृद्ध बनाउने र बैज्ञानिक समाजवाद ल्याउन पार्टीका नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । न्यौपानेले पार्टी एकतालाई मातहत कमिटी हुँदै पार्टी सदस्यसम्म पु¥याउन जरुरी भएको भन्दै सरकारले जनताको पूर्णअपेक्षानुसार कार्य हुन नसके पनि गरिएका राम्रा कामहरु पनि प्रचार हुन नसकेको दावि गर्नुभयो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलामी, जिल्ला नेताहरु बद्रि प्रसाद लम्साल, श्रीधर पोखरेल, नवीन सिग्देल, जंगबहादुर विश्वकर्मा, युवा नेताहरु शिवहरि दाहाल, जनरल श्रेष्ठलगायतले वर्तमानमा पार्टी र स्थानीय तहको भूमिकाबारे प्रस्ट पारेका थिए । भेला पार्टी एकताको सन्देश र स्थानीय तहको भूमिकाबारे अन्तरक्रियाको उदेश्यले गरिएको पार्टीका वडा नेता राजेन्द्र बस्ताकोटीले बताए । भेला नेकपाका वडा नेता हरि ढकालको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*