त्रिभुवन राजपथको हेटौंडा–थाहानगर सडकमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम

हेटौंडा / हेटौंडाबाट मकवानपुरको उत्तरीक्षेत्र जाने त्रिभुवन राजपथ सडक निकै जिर्ण बन्दै गएको छ । नेपालको धेरै पुरानो इतिहास बोकेको यो सडकमा पिच उप्कीएर खाल्डा खुल्डी निकै बढेको छ । बिशेषगरी हेटौंडा देखि भैसे बजार सम्मको सडक केही राम्रो भएपनि भैसेबाट माथीतिर लागिसकेपछी सडक निकै जिर्ण र खाल्डा खुल्डीहरु निकै बढेका छन् ।
पुरानो सडकमा धेरै स्थानमा खाल्डाखुल्डी र पिच उप्कीएर कच्ची सडक जस्तै बनेको छ । हिउँद याममा तराई र हेटौंडामा निकै गर्मी बढेपछी दामन, पालुङ घुम्न जानेहरु धेरे हुन्छन् तर, सडकको खाल्डा खुल्डीका कारण दुर्घटनाको त्रास बढेको स्थानीय सवारीचालकहरु बताउँछन् । पुर्ब पस्चिम राजमार्गमा कुनैपनि किसीमको अबरोध हुँदा हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने बैकल्पीक मार्गको रुपमा रहेको त्रिभुवन राजपथ जिर्ण बन्दै गएपनि मर्मत सम्भारमा सडक डिभीजन कार्यालय हेटौंडाले कुनैपनि चासो नदिएको तरकारी लोड गरेर हेटौंडा आउँदै गरेका ट्रक चालक स्याम सापकोटा बताउनुहुन्छ ।
सडकको दुर्दसाका कारण पछील्लो समयमा यो सडक खण्डमा दुर्घटना पनि बढेको छ । पुर्ब पस्चिम राजमार्ग बन्द हुँदा एकै पटक सवारीको चाप धेरै हुने र त्यही बेलामा बढी सडक बिग्रने गरेको छ । बिशेषगरी मुग्लीन नारायणगढ सडक खण्डको सडक निर्माणको समयमा त्रिभुव राजपथ भएर धेरै सवारीका साधन गुढेका छन् । त्यही बेला देखि सडक बडी बिग्रीए पनि मर्मचमा चासो नगएकोमा सवारीका चालकहरु आक्रोसीत भएका छन् ।
त्रिभुवनराजपथको दामन क्षेत्रमा सडकमा पुरै पिच गरिएपनि भैसेको चुनियाँ देखि सिमभन्ज्याङ सम्मको सडक निकैनै खाल्डा खुल्डी र जिर्ण बनेको स्थानीय वासिन्दाहरुले बताएका छन् । त्रिभुवन राजपथ नेपाल को राजधानी काठमाडौं लाई तराई संग जोड्न्या बैकल्पिक राजमार्ग हो । यो राजमार्ग काठमाडौं सुरु भै पर्सा को वीरगन्ज सहर सम्म पुग्याछ।यई राजमार्ग को जम्मा लम्बाई १ सय ८८ किलोमिटर रहेको छ । यो राजमार्ग मकवानपुरको हेटौंडामा महेन्द्र राजमार्ग संग जोडिन्छ ।