कोरोनाको महामारीको समयमा दैनिक उपभोग्य सामानमा मुल्यबृद्धी हुन दिदैनौं–मन्त्री नेपाल
हेटौंडा । कोरोना भाइरस संक्रमणको महामारी चलिरहेको समयमा दैनिक उपभोग्य सामानमा मुल्यबृद्धी हुन नदिनका लागि प्रदेशका १३ वटै जिल्लामा सर्कुलर गरिएको छ । बजारमा व्यापारीले भने दैनिक उपभोग्य सामानमा पनि मुल्यबृद्धी गरेका छन् । खाद्यान्न, निर्माण सामाग्रीहरुको मुल्य बृद्धी भएको उपभोक्ताले गुनासो गरेका छन् । बजार अनुगमन भने हुन सकेको छैन ।
यही मौकामा व्यापारीले उपभोक्तालाई ठगि गरेको गुनासो आउन थालेको छ । तर, अनुगमनको कामलाई प्रभाकारी बनाउनका लागि बागमती प्रदेशका सबै जिल्लामा हरेक सामानमा कालावजारी हुन नदिन निर्देशन दिएको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शरेस नेपाल वताउनुहुन्छ । कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको हाहाकार भइरहेको छ ।
बारामीका आफन्त अक्सिजन नभएर भौतारिएका छन् । केही उद्योगमा अक्सिजनका सिलीण्डर लुकाइएको भन्ने गुनासो समेत आएको छ । यता बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालहरुमा अक्सिजन उद्योग स्थापना गर्नका लागि काम थालेको मन्त्री नेपाल वताउनुहुन्छ । अक्सिजन उद्योग स्थापना गरेर काम थाल्नका प्रकृया सुरु भएको उहाँ वताउनुहुन्छ । यसै सन्दर्भमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शरेस नेपालसंग कुराकानी गर्नु भएको छ ।







