मकवानपुरका दश वटै स्थानीय तहका न्यायीक समितिलाई सक्षम बनाइदै

जनपत्र
१३ बैशाख २०७६, शुक्रबार ०६:४५

हेटौंडा / मकवानपुरका दश वटै स्थानीय तहका न्यायीक समितिका महीलाहरुलाई थप सक्षम बनाईदै लगिएको छ । बिशेषगरी न्यायीक समितिका महिलाहरुको क्षमतामा बृद्धी गर्नका लागि एक बर्ष लामो कार्यक्रम ल्याइएको छ । न्यायीक समितिका महिलाहरुको क्षमता पहिचान गर्दै अभिबृद्धी गर्ने, न्यायीक समितिका काम कर्तब्य, अधिकार सम्बन्धी अभिमुखीकरण गर्ने, नेतृत्व तहको बिकाश गर्ने लगायतका काम गर्ने उदेस्यले कार्यक्रम ल्याइएको हो ।

नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजनामा अक्सफाम नेपालको साझेदारीमा निर्बाचित महिलाहरुको क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत यो कार्यक्रम गर्न मकवानपुरमा सुरु गरिएको हो । एक चरणको कार्यक्रम अनुसार मकवानपुरका दश वटै स्थानीय तहका महिलाहरुका लागि कार्यक्रम हेटौंडामा सकिएको नारी सीप सृजना केन्द्र मकवानपुरका कार्यकारी निर्देशक चिरन्जीबी पौडेलले बताउनुभयो ।

बिशेषगरी न्यायीक समितिमा आएका समस्या समाधान गर्ने, न्यायीक समितिमा अर्को जिल्लामा भएका राम्रा कामको अनुगमन गर्ने, मेलमिलापकर्ताहरु सहित राखेर कार्यक्रम गरिने समेत रहेको छ । कार्यक्रमपछी मकवानपुरका स्थानीय तहका महिलाहरु, त्यहाँ कार्यरत कानुनी सहजकर्ता, न्यायीक समितिका पदाधिकारी, मेलमिलापकर्ताहरु सक्षम हुने लक्ष राखिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*