मकवानपुरमा पुन निर्माणमा ८ अर्ब ९ करोड खर्च, उपलब्धी कम

हेटौंडा / मकवानपुरमा मात्र पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरको आयोजनामा चौथो गोरखा भूकम्प स्ममृति कार्यक्रमका अबसरमा यस बारेमा जानकारी गराएको हो ।
सबै भन्दा बडी निजि आवास निर्माणको क्षेत्रमा खर्च गरिएको छ । निजि आवासका लागि अनुदान बितरणबाट ५ अर्ब ७० करोड ५० हजार रुपैयाँ खर्च भएको छ । ठुलो रकम खर्च भएपनि भूकम्पले ढलेका घर निर्माणमा भने त्यती प्रगती भएको छैन । बिभीन्न कारणबाट भूकम्प पीडित परिवार, जिल्ला आयोजना कार्यनयन इकाई लगायतका कारणबाट घर निर्माणको गति दु्रत गतिमा अगाढी बढ्न सकेको छैन ।
पुन निर्माण अन्तरगत बिद्यालय निर्माणको क्षेत्रमा भने २ अर्ब २९ करोड ८४ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी भवनबाट घरेलु तथा साना उद्योग कार्यालय निर्माणमा २ करोड २१ लाख रुपैयाँ खर्च गरिएको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरका इन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो । त्यसैगरी पुन निर्माण अन्तरगतनै सडक निर्माणको क्षेत्रमा पनि ६ करोड ६५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख भगवती पुणासैनी लगायतकाले पुनि निर्माणमा गति लिन नसकेको बताउनुभयो ।