मकवानपुरमा निजी बिद्यालयको पुस्तकमा ब्रह्मलुट, प्रशासनको छुट

जनपत्र
११ बैशाख २०७६, बुधबार १९:५३

मकवानपुर जिल्लामा रहेको निजी बिद्यालयहरु र पुस्तक ब्यवसायीहरुको सिण्डीकेट कायम रहेको भन्दै अभिभावकहरुले आपत्ति जनाएका छन् । हेटौंडाका सबैजसो पुस्तक पसलहरुले यस अघिका बर्षहरुमा पुस्तक खरिदका लागि छुट दिने गरेको भएपनि यस बर्ष छुट नदिँदा आफूहरु मारमा परेको अभिभाबकले गुनासो गुनासो गरेका छन् ।
बिशेषगरी पुस्तक ब्यावसायीहरुले निजी बिद्यालयको पुस्तक बिक्रीमा एकाधिकार कायम गरेका हुन् । पुस्तक बिक्रीमा निकै नाफा हुने गरेको छ । तर, पनि अभिभाबको ढाड सेक्नेगरी पुस्तकमा लेखिएको मुल्यमा कुनै छुट नदिएका हुन् । निजी बिद्यालयको पुस्तक लगाउनका लागि पुस्तक कम्पनिले हेटौंडाका केही बोडिङ संचालकलाई कमिसन दिने र पुस्तक लगाउँने गरेको पाइएको छ । पुस्तक कम्पनिबाट हेटौंडा सम्म आईपुग्दा पनि धेरै स्थानमा कमिसन बुझाउँदा अभिभाबकहरुको भने ढाड सेकिएको छ । पुस्तक ब्याबसायी संघ मकवानपुरले संस्थागत रुपमा निणय नै गरेर पुस्तकमा अभिभाबकको ढाड सेकेका हुन् । यता प्रशासनले भने पुस्तकमा कुनै छुट नदिएपछि कार्बाही गर्न सकेको छैन । प्रशासनले आँखा चिम्लदा ब्याबसायीहरुलाइृ झनै समस्या परेको छ । निजी बिद्यालयका पुस्तकमा कुनै पनि छुट नदिएका पुस्तक ब्याबसायीहरुले अरु पुस्तक बिक्री गर्दा अहिले पनि २० प्रतिशत सम्म छुट दिईरहेका छन् ।
मौकामा अभिभाबसंग ठग्नका लागि संस्थागत रुपमा निणय गरेपछी कुनै पनि पुस्तक स्टेशनरीले छुट दिएका कार्बाहीको चेतावनी दिएपछी सबै मिलेर पुस्तकमा लुट मच्चाएका हुन् । सहकर्मी कृष्णउदास खनालले नेपाल पुस्तक तथा स्टेशनरी ब्याबसायी संघ मकवानपुरका अध्यक्ष बासु न्यौपाने र निजी बिद्यालय अभिभाबकसंघका अध्यक्ष रमिला सापकोटा संग कुराकानी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*