‘नेपाली चलचित्र हेरिएको होइन जबरजस्ती देखाइएको अवस्था छ’

जनपत्र
२७ बैशाख २०७८, सोमबार ०७:५४

कलाकारहरुले नेपाली सिनेमा कल्चर भनेकौ थिएटर कल्चर भएको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०मा कोरोनापछिको नेपाली चलचित्र विषयक अन्तरक्रियामा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको भन्दै सिनेमा हलबाहेक अन्य विकल्प खोज्नु पर्ने बताए । युट्युबबाहेका अन्य माध्यामबाट चलचित्र हेर्नेको संख्या न्यून रहेको भन्दै उनले हाल नेपाली सिनेमा हेरिएको नभई जवरजस्ती देखाइएको अवस्था रहेको बताए । त्यसैले सजिल्लो माध्याम हुनुपर्ने उनको भनाइ छ । नेपाल टेलिभिजनलगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्याम बनाइनुपर्नेमा उनको जोड छ ।

सोही अवसरमा नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाको महामारीमा चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए । बनिसकेका चलचित्रहरुलाई रेभीन्यू शेयरिङ्गबाट पनि डिजिटल प्लेटर्फममार्फत प्रसारण गर्ने सकिने बताए । नेटफ्लिक्स, एमेजनको उदाहरण दिँदै अव डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकिने उनको भनाइ छ ।
चलचित्र ‘आमा’ले डिजिटल प्रविधिबाट राम्रो आम्दानी गरको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्नपर्ने उनको जोड छ । नायिका एवं चलचित्र निर्माता रेखा थापाले डिजिटल प्यालटफर्म वैकल्पिक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन् । नेपाली चलचित्र हलमा हेर्ननै रमाइलो हुने उनको भनाइ छ ।

सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिमा पहिले झै फर्कन करिब ६÷८ महिना लाग्ने उनको भनाइ छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ । उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्ने नायीका रेखा थापा बताउँछिन् ।

चलचित्र निर्माता अशोक शर्मा सिनेमा कल्चर भनेको थियटर कल्चर नै भएको बताउँछन् । “सिनेमा बनेपछी थियटरमा लगाउनु अघि विभिन्न प्रचार प्रसार गरिएको हुन्छ हलमा प्रर्दशन गर्न । हलमा दर्शकहरुको माहोल, प्रतिक्रृया, मनोविज्ञान बुझेरनै निर्मातहरुले सोही अनुसार चलचित्र निर्माण गरेका हुन्छन्,” उनी भन्छन् । सिनेमाको प्रारम्भिक बजार हल नै भएकाले पारिवारिक एवं बाहिरी दृष्टिकोणले पनि उपयुक्त रहेको बताए ।

उनले २२ वटा सिनेमा हल बन्द भएको बताए । मल्टिप्लेक्सहरु पनि भाडामै संचालन भएकाले टिक्नसक्ने अवस्था न्यून रहेको उनको भनाइ छ । कोरोना महामारी लम्बिदै गयो भने १० वर्ष चलचित्रमा असर पर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*