मकवानपुर जर्नालिजम अवार्ड हुने

जनपत्र
११ बैशाख २०७६, बुधबार १८:४१

हेटौँडा / पहिलो मकवानपुर जर्नालिजम अवार्ड २०७५ बैशाख १३ गते थाहा नगरपालिकामा हुने भएको छ । अवार्ड आयोजक क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने समारोहमा मकवानपुरको पर्यटन प्रर्वद्धनमा मिडियाको भूमिका विषयक सेमिनारको समेत आयोजना हुने आयोजत्र क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालले बताए ।

कार्यक्रमलाई मुख्य प्रयोजकको रुपमा गोदावरी स्टिलले प्रयोजन गरेको छ । न्युज क्लब नेपालमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले थाहा नगरपालिकामा गर्न लागिएको अवार्डमा यो पटक २३ विधामा पत्रकारहरुलाई अर्वाड प्रदान गरिने बताए ।

कार्यक्रममा लाईफटाईम अचिभमेन्ट अवार्डबाट एकजना बरिष्ट पत्रकारलाई समेत सम्मानित गर्न लागिएको उनको भनाई रहेको छ । कार्यक्रममा सर्वोत्कृष्ट वर्ष पत्रकार अवार्ड, आर्थिक पत्रकार अवार्ड, क्रियाशिल महिला पत्रकार अवार्ड, अनलाईन पत्रकार अवार्ड, शिक्षा, पर्यटन पत्रकार अवार्ड, सामजिक पत्रकार अवार्ड, टेलिभिजन पत्रकार अवार्ड, फिचर रिर्पोटिङ, युवा पत्रकार, उदयीमान पत्रकार लगाएतको अवार्डहरु रहेको छ । कार्यक्रममा बेलप्रसाद÷कमला दाहाल ग्रामिण सामजिक पत्रकारिता पुरस्कारबाट पत्रकार शिवकुमार काशी तथा शिव–सत्यरुपा शिलवाल आर्थिक पत्रकारिता पुरस्कार २०७५ बाट रुपेश दुलाललाई नगद ११ हजार १ सय ११ सहित पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न विधामा रहेको खबरब्रेक वर्ष सम्मान समेत प्रदान गरिने आयोजकको भनाई रहेको छ । कार्यक्रममा १३ लाख रुपैँया खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*