१२ वर्षको उमेरमा हाइ-स्कुल र कलेज एकै पटक उतीर्ण गर्ने बालक

जनपत्र
१६ बैशाख २०७८, बिहीबार ०५:५७

नर्थ क्यारोलिनाको १२ वर्षीय बालकले कोरोना महामारीको समयमा थोरै मात्र एक्स्ट्रा कक्षा लिएका थिए । एक वर्ष पछि सालिसबरीका माइक विमर एकै समयमा हाइ स्कुल र कलेजबाट एकै हप्तामा स्नातक गर्ने भएका छन् । विनरले चार वर्षको कलेज एक वर्षमा नै सकाएका छन् र दुई वर्षको एसोसीएट डिग्री पनि पास गरेका छन् । रोवान(काबारस सामुदायिक कलेजबाट उनले मे २१ मा र कनकोर्ड एकेडेमी हाइस्कुल बाट पास गर्दै छन् । तर उनले आफ्नो उद्देश्य यस्तो नरहेको बताएका छन् ।

विद्यार्थीले दोहोरो भर्ना हुनसक्ने सुविधाको सहि सदुपयोग गर्दै एकै पटक विद्यालय र कलेजको शिक्षा सकाएका छन् । उनको रोवन काबारस कलेजमा ४।० जीपीए छ भने हाइ(स्कुलमा ५।४५ जीपीए रहेको छ । आफ्नो कक्षामा साथीहरु भन्दा केहि उमेर कम भएपनि विमर उनीहरुसंग मिलेर बसेको बताउछन् र उनलाई पछिलो वर्ष होमकमिंगमा पनि बोलाइएको थियो । विमरलाई रोबोटिक्समा रुची रहेको छ भने उनलाई म्याथ र साइन्स निकै मन पर्छ ।

उनले आफु संधै प्रविधिमा आकर्षित हुने बताएका छन् र उनलाई १८ महिनाको उमेरमा नै आइप्याड दिइएको थियो । उनी त्यसले कसरी काम गर्छ भन्ने कुरामा सधैं उत्सुक हुने गर्दथे । उनको वेवसाइट नेक्स्ट एक्स्ट्रा इनोभेसनमा बताए अनुसार, उनले आफ्नो प्राय प्रोग्रामिंग र रोबोटिकलाई परिक्षणबाट सिकेका हुन् । उनले आफ्नो छुट्टै नयाँ काम पनि शुरुवात गरेका छन् र त्यसलाई रिफ्लेक्ट सोसियल नाम दिएका छन् । जसमा प्रख्यात सामजिक संजाल प्लेटफर्म र इन्टरनेटको उपकरणको बारेमा रहेको छ ।

उनले आफ्नो वेवसाइटले अरुलाई सहयोग गर्ने बताएका छन् । उनी भन्छन्, “मेरो उद्देश्य भनेको मानिसको जीवन प्रविधिले थप सजिलो बनाउनु हो ।” विमरका अभिभावक आफ्नो छोराको प्रगतिले निकै खुसी भएको बताउछन् । उनको आमा मेलिशा विमर भन्छिन्, “एउटा ढोका बन्द भयो भने उसले अर्को ढोकाको खोजी गरिरहन्छ र आफ्नो लक्ष्य पुरा गर्दछ ।”

विमरले आफ्नो ग्र्याजुएसन भन्दा केहि हप्ता अगाडी भविष्यको लागि धेरै योजना बनाएका छन् । जसमा अमेरिका वा अमेरिका बाहिर काम र फेलोशिपको लागि योजना बनाएका छन् । उनी मानिसले आफुलाई अझै पनि बालक नै रहेको बुझ्न चाहन्छन् र सामान्य बालबालिकाले जस्तो खेल्न र रमाइलो गर्न मन पराउने बताउछन् । उनी भन्छन्, “ धेरै मानिसले मलाई आफ्नो बाल्यकाल गुमाएको भन्छन् र वास्तवमा त्यस्तो होइन, म मेरो जीवन पूर्णरुपमा बाँचीरहेको छु ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*