स्वतन्त्र पत्रकार संघ मकवानपुरमा नयाँ नेतृत्व

जनपत्र
९ बैशाख २०७६, सोमबार १७:५३

हेटौंडा– स्वतन्त्र पत्रकार संघ मकवानपुर शाखाको दोस्रो जिल्ला अधिबेशनले सञ्चारकर्मी सुरेश श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार हेटौंडामा भएको भेलाले उपाध्यक्षमा गोकुल अधिकारी, सचिवमा अशोकसुजन श्रेष्ठ, कोषाध्यक्षमा प्रिया पौडेल, सदस्यहरुमा सुस्मिता पुडासैनी, प्रमोद अर्याल र सुशन लामिछाने चयन गरेको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको प्रमुख अतिथ्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बाँस्तोलाले पत्रकारितामा राजनीति मिसाउन नहुने भन्दै पत्रकार स्वतन्त्र भएमात्र देश र जनताको हित हुने बताए । ‘पत्रकारहरुलाई राजनीतिक दलको भातृ संगठन भन्दा टाढै राख्नुपर्छ,’ उनले भने, ‘निष्पक्ष पत्रकारिताका लागि स्वतन्त्र पत्रकारको विकल्प छैन ।’

स्वतन्त्र पत्रकार संघको विधान अनुसार कार्यसमितिको चयन २ बर्ष रहने छ । वि.सं. २०६८ सालमा पोखरामा स्थापना भएको स्वतन्त्र पत्रकार संघको मकवानपुरसहित २२ जिल्लामा शाखा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*