वडा तह सम्म भावनात्मक रुपमा पार्टी एक गराउँछु –अध्यक्ष सिग्देल

हेटौंडा / नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले मकवानपुर जिल्लाको वडा तह सम्म पार्टी एक भएको महसुस गराउन लागिपर्ने बताउनु भएको छ । नेकपा मकवानपुरको अध्यक्षमा चयन भएको घोषणा लगतै प्रतिक्रिया दिदै उहाँले देशैभरीमा नेकपाको टुङगो लागेपछी मकवानपुरमा पनि पहिलेको दुई पर्टीलाई भावनात्मक रुपमा एक भएको महसुर गराउन लागिपर्ने बताउनुभएको छ । सबै जिल्लामा पार्टीको नेतृत्व टुङ्गो लागेसंगै मकवानपुरमा पनि जिल्ला तह, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा तह संगै टोल टोलमा पार्टी भावनात्मक रुपमा एक भएको महसुस गराउने उहाँले बताउनुभयो ।
जिल्लामा पार्टीको कार्यसमितिलाई पुर्णता दिने, सचिवालय गठन गर्ने काम संगै सबै वडा तह सम्म पार्टीलाई भावनात्मक रुपमा एक भएको महसुस गराउने उहाँले बताउनुभयो । कार्यक्रम पार्टी एकताको काम अब जिल्ला स्तरमा भएसंगै टोल तह सम्म आफ्नो नेतृत्वमा टुङगो लगाउने योजना बनाइ सकेको उहाँले बताउनुभयो । अब भने पार्टी प्रशिक्षण, भेला, संगठन सदृढीकरण लगायतका काम पनि अगाडी बढाउन लागिएको उहाँको भनाई छ ।
मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुले पार्टीको निणयमा भन्दा पनि आफुखुसी निणय गरेर काम गर्दै आए पनि अब भने पार्टीको निणयबाट काम गर्ने गरी वातावरण तयार पारिने उहाँले बताउनुभयो । स्थानीय तहबाट गरिएका कामको प्रचार प्रसार नभईरहेको र राम्रा कामको उजागर गर्दै हरेक स्थानीय तहले गरेका कामको संस्थागत जिमेवारी पार्टीले समेत लिने गरी काम गर्न लागिएको उहाँको भनाइ छ ।
अहिले नेकपाले जितेका स्थानीय तहमा पनि पार्टीको संस्थागत निणय बिनानै चलेकोमा पार्टी भित्र निकै गुनासो बढेको छ । अब यसो हुन नदिनका लागि संस्थागत ढंगले अगाडी बढ्ने तयारी रहेको छ । पार्टीको जिल्ला स्तरमा एक भएर नेतृत्वको टुङगो लागेसंगै अब भने सबैलाई पार्टीको सदस्यता नबिकरण, संगठन बिस्तार लगायतका काम गर्न सहज गराउने उहाँले बताउनुभयो । पार्टी भित्र र पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई शुशासन कायम गर्नका लागि पार्टी लाग्ने उहाँको भनाई छ ।