सुपर लिगमा धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

जनपत्र
१४ बैशाख २०७८, मंगलवार ०८:३६

काठमाण्डाै – नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन्।

खेल दिउँसो तीन बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो  ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*