आईपीएल : कोलकत्ताको दोस्रो जित

जनपत्र
१४ बैशाख २०७८, मंगलवार ०६:००

ईन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

लोकेश राहुल र निकोलस पुरणले समान १९र१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए । सुनिल नारिन र पाट कुमिन्सले २र२ विकेट लिए । जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*