नेकपा मकवानपुरको सचिबमा प्रेमबहादुर पुलामी

जनपत्र
९ बैशाख २०७६, सोमबार ०९:०५

हेटौंडा / नेकपा मकवानपुरको सचिबमा पुर्ब माओबादीका अध्यक्ष समेत रहुनु भएका प्रेमबहादुर पुलामी छिन्तु चयन हुनुभएको छ । तत्कालिन माओबादीका जिल्ला अध्यक्षलाईनै सचिब दिने निणय अनुसार पुलामी सचिब हुने निस्चत भएको हो । पुर्ब एमालेका अध्यक्ष मुनु सिग्देलनै मकवानपुरको अध्यक्षमा चयन भएपछी सचिबमा पुर्ब माओबादकिा अध्यक्ष छिन्तु चयन हुनु भएको हो । तर, यो घोषण भने हुन बाँकी रहेको पार्टी श्रोतले जनाएको छ । चयन भएकाहरुको नाम भने दिउसो मात्र घोषणा गर्ने कार्यक्रम तय भएको छ । यसअघि पार्टीले बिष्णु बिष्ट आदर्शलाई सचिबमा निणय गरेर पठाएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाउने क्रममा मकवानपुरका अध्यक्ष र सचिबको पनि टुङगो लगाएकको हो । देशैभरकिा जिल्लामा पुर्ब एमालेले अध्यक्ष पाएको स्थानमा पुर्ब माओबादीका तर्फबाट सचिब र माओबादीकाले अध्यक्ष पाएको स्थानमा पुर्ब एमालेले सचिब पाउने सहमती भएको छ । त्यसैगरी पहिले जिल्ला स्तरमा दुबै पार्टीका अध्यक्ष रहेकालाई सचिब र अध्यक्षनै पाउने निस्चीत भएको छ ।

जनप्रतिनिधिहरुले पार्टी भित्रको पदमा बस्न नपाउने भन्ने नियम सचिए संगै सिग्देल र पुलामीलाई नै अध्यक्ष र सचिब हुने बाटो खुलेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो । ७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम आज दिउसो प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*